Nic Ad Nic Ad
Nic Ad Nic Ad

को हुन् मकवानपुरकी निर्मम आमा जसले सालनालसहितको छोरी मृत हुनेगरी डम्पिङसाइटमा फ्याँकिन्?

बुधबार, फागुन २१, २०८१

काठमाडौं– सन्तानको खुशी र सन्तानका निम्ति भक्तिभावसहित उपचार गराउने कम छैनन्। तर, सन्तान र त्यसमा पनि छोरी भएपछि निर्ममता देखाउने पनि कम नभएको उदाहरण मकवानपुरमा फेरि देखिएको छ। 

samridhi jewllers

मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ। मनहरी गाउँपालिका–७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुरका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयले भन्यो,‘हामी पत्ता लगाउने क्रममा खोजीमा जुटेका छौं।’

२० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।

शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्