नेभिगेशन
राजनीति

संसद बैठकमा प्रधानमन्त्री ओली जाने, अध्यादेश टेबुल गरिँदैछ

काठमाडौं– प्रतिनिधि सभाको बुधबार हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन्।

सरकारले जारी गरेको ६ मध्य ५ वटा अध्यादेश बैठकमा टेबुल गरिने बताइएको छ। 

प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो २ बजेका लागि डाकिएको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। 

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदलाई अनिवार्य उपस्थित हुनका लागि ह्वीप जारी गरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति