Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यादेश पास गराउन सांसद खरिदबिक्रीबारे प्रभु साहले उठाए प्रश्न

बुधबार, फागुन २१, २०८१
samridhi jewllers

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अध्यादेश पारित गराउन सांसद खरिदबिक्री भएको अभिव्यक्ति सत्तापक्षबाटै आएको भन्दै सदनमा प्रश्न उठाएका छन् । 

भूमि अध्यादेश पारित गराउन सरकारले सांसद खरिदबिक्री गर्न खोजेको भन्दै केही दिनअघि जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक अभिव्यक्ति दिएका थिए । यादवको सोही भनाइलाई इङ्कित गर्दै साहले सांसद खरिदबिक्रीको भएको हो कि हैन भन्ने विषयमा सरकारको जवाफ माग गरेका हुन् ।

“सरकारले सांसद् किनबेच गर्न लागिरहेको छ भन्ने कुरा सुनेका छौँ । सत्तापक्षकै एक नेताले अध्यादेश पारित गराउन सांसद किनबेच गर्ने कुरा गरेको छ । संसद्कै अपमान हुने गरी यो सांसद किनबेचको कुरा सम्प्रेषण भइरहँदा सरकारले जवाफ दिनुपर्छ,” साहले भने ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्