राष्ट्रियसभामा पनि ५ वटा अध्यादेश पेस हुँदै
काठमाडौं– राष्ट्रियसभामा बिहीबार ५ वटा अध्यादेश निर्माणार्थ पेस हुने भएको छ । भूमि अध्यादेश रोकेर अन्य ५ वटा अध्यादेश पेस हुने कार्यसूची आएको हो ।
बुधबार आज प्रतिनिधि सभामा ५ वटा अध्यादेश पेस हुँदै छ । राष्ट्रियसभामा तीन सिट नपुगेका कारण दुवै सदनमा ५ वटा अध्यादेश पेस हुन सकेको थिएन ।
भूमि अध्यादेश बाहेक ५ वटा अध्यादेशमा जसपा र लोसपाले साथ दिएपछि सरकारले अगाडि बढाउन लागेको छ ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र पुस १४ गते जारी भएको सहकारीसम्बन्धी अध्यादेश दुवै सदनबाट पास गर्न सरकार लागिरहेको छ ।