Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुहाङ नेम्वाङले भने- चिया निर्यातमा समस्या झेल्नुपर्दा किसान चिन्तित छन्

बुधबार, फागुन २१, २०८१

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

सुहाङ इलाम क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् ।

गत उपनिर्वाचनबाट निर्वाचित भएर संसद् छिरेका नेम्वाङले इलाममा उत्पादित कृषिजन्य वस्तुबाट नेपाल सरकारको सिंगो अर्थतन्त्रलाई फाइदा पुग्ने पनि बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्