बागलुङको कालिका भगवतीमा अन्तिम राजा ज्ञानेन्द्र, स्वागतमा उर्लियो जनसागर
काठमाडौं– गण्डकी प्रदेशको बागलुङस्थित कालिका भगवती मन्दीर दर्शनका लागि अन्तिम राजा ज्ञानेन्द्र शाह बुधकार त्यहाँ पुगेका छन्।
उनको स्वागतका निम्ति जनसागर उर्लिएको थियो। राजावादी संघ संगठनले ज्ञानेन्द्रको यो भ्रमणलाई ‘पश्चिमाञ्चल भिजिट र जनतासँगको भेट’ भनेका छन्।
संघीयताअघि उक्त क्षेत्रलाई पश्चिमाञ्चल विकास क्षेत्र भनिएको थियो। उनी पोखरा हुँदै त्यहाँ पुगेका थिए।
यता राजावादी पार्टी राप्रपाले काठमाडौंमा मोटरसाइकल प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनका कारण दरबारमार्गलगायतका क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो।
प्रदर्शनले नारायणहिटी दरबार क्षेत्रमा प्रभाव बनाएको थियो।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १६:१०
प्रतिक्रिया दिनुहोस्