"लाज शरणम्" ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गर्यो
काठमाडौ - नेपाली फिल्म लाज शरणमले विदेशी बजारमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपालमा फेब्रुअरी २६, २०२५ मा रिलिज भएको यो फिल्म फेब्रुअरी २७ मा मध्यपूर्वका चार देशका करिब ४० सिनेमाघरहरूमा प्रदर्शन गरियो। त्यसको भोलिपल्ट फेब्रुअरी २८ मा फिल्म अमेरिका, क्यानडा, र अष्ट्रेलियामा रिलिज गरियो, जसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा नयाँ इतिहास रच्यो।
अमेरिका र क्यानडामा ७७ हलहरूमा प्रदर्शन हुँदै, लाज शरणम्ले उत्तर अमेरिकामा एकै दिन सबैभन्दा बढी हल पाउने नेपाली फिल्म बन्न सफल भयो। त्यसैगरी, अष्ट्रेलियामा करिब ३० स्थानहरूमा फिल्म प्रदर्शन भएको थियो, जसले विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा रिलिज हुने नेपाली फिल्मको कीर्तिमान बनायो।
फिल्म अब मार्च ७ बाट यूकेका Cineworld, VUE, र Showcase Cinemas मा प्रदर्शन हुँदैछ। साथै, लाज शरणम् मध्यपूर्वमा बिहीबारदेखि (मार्च ६) र अमेरिका, क्यानडा तथा अष्ट्रेलियामा शुक्रबारदेखि (मार्च ७) दोस्रो हप्तामा प्रवेश गर्दैछ दर्शकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।