Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलाई शुन्य अंक दिएको कुराले केहि अर्थ राख्दैन- कुलमान घिसिङ

बुधबार, फागुन २१, २०८१

बुटवल - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै अर्थ नराख्ने टिप्पणी गरेका छन् । 

बुधबार नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कुलमानले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । 

उनले भने- ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन ।'

साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने बताउदै उनसरकारले अहिलेसम्म आफूलाई ५-६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको बताए । उनले भने- ‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५-६ वटा स्पष्टीकरण सोधियो होला । जवाफ दिए होला, त्यसले माने राख्दैन ।'

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधबार तनहुँमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । उनले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको स्पष्ट गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्