Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय

बिहीबार, फागुन २२, २०८१

काठमाडौं - सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।

२०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेको डा. देवकोटाले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, मन्त्रालयको महत्त्वपूर्ण महाशाखा प्रमुख, लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।


लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ००:१४
प्रतिक्रिया दिनुहोस्