दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा बैठकमा निर्णयार्थ अध्यादेश पेस हुँदै
काठमाडौँ - संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बिहिबार बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।