यस्तो रहने छ आज दिनभरिको मौसम
काठमाडौँ - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका थोरै स्थानहरूमा हल्का हुस्सु पनि लागेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ ०७:३०
प्रतिक्रिया दिनुहोस्