पिएसजीमाथि लिभरपुलको जित
काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा लिभरपुलले जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुल को जितमा खेलको ८७औं मिनेटमा हार्भी एलिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
पिएसजीको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको लिभरपुलले दोस्रो लिग मार्च १२ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ ०७:३२
प्रतिक्रिया दिनुहोस्