Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्प पछाडि सरेको सहयोग कार्यक्रममा सी अगाडि बढ्ने ताकत राख्लान्?

बिहीबार, फागुन २२, २०८१

काठमाडौं– राष्ट्रपतिमा निर्वाचित हुनासाथ डोनल्ड ट्रम्पले विश्वभरी विभिन्न सहयोगका नाममा अमेरिकी जनताको कर जोडिएको यूएसएडको कार्यक्रम फिर्ता मात्र लिएनन् आवद्ध सबै कर्मचारीलाई फिर्ता बोलाएका छन्।

डोनल्ड ट्रम्पका प्रमुख सल्लाहकार मानिएका खर्बपति एनल मस्कले त यो संस्थालाई ‘आपराधिक’ समेत भन्न भ्याएका थिए। ‘अमेरिकी जनताको रकम (कर) अनुत्पादक क्षेत्रमा लगानी गर्न हुँदैन, हामी यसबाट अलग रहेका छौं’, ट्रम्पले भनेका थिए। 

यूएसएडको सहयोग कार्यक्रममा विश्वका धेरै विपन्न मुलुकसहित नेपाल समेत सहभागी रहेको थियो। यसले सामाजिक क्षेत्रमा समेत प्रभाव पार्ने र कतिपय बेरोजगार हुने स्थिति आएको एक कोणबाट विश्लेषण भैरहेको छ। 

अन्तर्राष्ट्रिय मामिलामा जानकार राख्ने निश्चलनाथ पाण्डेले यस विषयमा केही टिप्पणी र तर्क गरेका छन्। ट्रम्पको निर्णय उनको मुलुक र देशका खातिर एउटा बलियो र तर्कसंगत रहेको उनको टिप्पणी रहेको छ। 

तर यसरी विश्वभरी अनेक प्रकारले प्रभाव राखिरहँदा अमेरिका ब्याक हुँदा त्यो ‘भ्याकुम’ममा चीनले मात्र लगानी गर्न सक्ने उनको टिप्पणी रहेको छ। 

उनी भूषण दाहालसँगको एउटा अन्तरवार्तामा भन्छन्,‘अमेरिकाबाहेक संसारभर लगानी गर्ने ल्याकत चीनले मात्र राख्दछ। अब उसले यूएसएडको ठाउँमा लगानी गरी आफ्नो प्रभुत्व कायम गर्ला नगर्ला भन्ने राष्ट्रपति सी चिन फिनको निर्णयमा आधारित हुनेछ।’

अमेरिकाले चालेका पछिल्ला कदममा चीन पनि आक्रामक रुपमा प्रस्तुत हुने संकेत देखा परेका छन्। ट्रम्पले लगाएका करका दायराका कारण चीन पनि व्यापारिक युद्धमा अमेरिका होमिएको लगभग निधोमा पुगेको छ।

त्यसो त अमेरिकाको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई)मार्फत अमेरिका र पश्चिमाको विकल्पमा विश्वभर लगानी गरिरहेको पनि छ। ट्रम्पको यस्तो निर्णय स्थायी रुपमा भए चीन अगाडि बढ्न सक्ने आँकलन गरिएको छ। 

यद्यपि अगाडिका सरकारले गरेका लगानीका सन्दर्भमा ट्रम्पले अस्थायी निर्णय गरी नयाँ हिसाबले यस्ता कार्यक्रम ल्याउन सक्ने आँकलन पाण्डेले गरेका छन्।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्