Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाप्रसादको जागिर एक महिनामा चैट, नयाँ गभर्नरका लागि सरकारले लियो यस्तो निर्णय 

बिहीबार, फागुन २२, २०८१

काठमाडौं– आगामी महिनाको २४ गते ५ बर्षको कार्यकाल पूरा गरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी घर फर्किनेछन्। 

संयोगबस तत्कालिन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदले नै उनलाई गभर्नरमा नियुक्त गरेको थियो। 

यसबीचमा सरकार परिवर्तन हुँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माका पालामा पदमुक्तको निर्णय भएका अधिकारी सर्वोच्चको अन्तरिम आदेशका कारण पदमा बाहल भएका थिए। 

०७६ चैत २५ गते उनको नियुक्ति भएको थियो। 

अब, नयाँ गभर्नर नियुक्तिमा सरकार लागि परेको छ। त्यसका निम्ति अर्थ मन्त्रालयको प्रस्तावमा बुधबारको मन्त्रिपरिषद बैठकले निर्णय दिएको छ।

गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सरकारले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो। 

बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो। 

अधिकारी गभर्नरमा नियुक्ति भएको समयमा प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडा थिए। 

सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने व्यवस्था रहेको छ।

यता, गर्भनर अधिकारी पुनः गर्भनर हुने आशमा छन्। यद्यपी, स्रोतमा अनुसार यस पटक गभर्नर कांग्रेसको भागमा परेको छ। 

गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय  निलम ढुंगाना, बमबहादुर मिश्रलगायतका व्यक्तिले लबिङ सुरु गरेका छन्। 

३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले उनीहरू २जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ। 

सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्