Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

बिहीबार, फागुन २२, २०८१

काठमाडौँ- पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

उपचारपछि शाह आज बिहान डिस्चार्ज भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार शाहलाई एक सातापछि फलोअपमा बोलाइएको छ ।

शाहलाई योसहित चौथो पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्