पत्रकारिता र प्रेस स्वतन्त्रताः राजु श्रीवास्तवको ब्यङ्ग्य
वडो चर्चा छ– अहिले प्रतिनिधि सभाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्दा प्रेस पास नै रद्द भएको विषय।
एक जना युट्युबरले सोधेछन्,‘तपाई हिटलर बनेको?’
प्रधानमन्त्रीले सत्ताको भिटोमा प्रेस पास खारेज गराएको आरोप छ। एउटा पत्रकारको पास खारेज गराउनका लागि प्रधानमन्त्री भिटो नै प्रयोग गर्न लागि पर्छन् त?
मलाई विश्वास छैन। तर, यदि हो भने त्यो गलत भयो।
तर गलत त्यति मात्र भएन। तपाई सन्दर्भको प्रश्न किन गर्नुहुन्न? पत्रकारिताको मर्मको अर्थ के हो?
यो त कस्तो प्रश्न भयो भने केही समयअघि ह्वाइट हाउसको ओभलमा एउटा युट्युवरले युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई सोध्या थिए,‘तपाईले सूट किन नलगाएको? यसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको कुटनीतिक भेटको मर्यादा कटेन?’
अहिले क्यामेरा अगाडि सारेर सान्दर्भिकताको हत्या गर्ने ‘सो कल्ड’ पत्रकार धेरै छन्।
यो भन्दैगर्दा प्रधानमन्त्री ओलीले ठिक गरे भन्ने तर्क होइन। तर, पत्रकारिता पनि ठिक ठाउँमा हुनुपर्छ।
एउटा क्यामेरा र बुम बोकेर सन्दर्भहिन प्रश्न सोध्नासाथ पत्रकार हुन्छ?
पत्रकारिताको मर्म जवाफदेहिता हुन्छ। के, ति प्रश्नकर्ताले उत्तर दिन सक्छन् कि ‘हिटलर’ नै हुन् त ओली?
खैर यो बहसको विषय होइन, टिप्पणीकारको। बहस के हो भने पत्रकारिताको मर्मभित्रको स्पर्श हो।
यदि प्रेस स्वतन्त्रता हुने थिएन भने तपाईको प्रश्न नै फुत्किनेवाला थिएन। प्रश्न गर्दा कुनै कठोर कदम हुँदैन भन्ने थाहा पाएर, त्यो कम्फर्ट जोनमा छु भनेर नै गरिएको हुनुपर्छ।
तर, पत्रकारिताका पनि आयाम छन्। यीनका अलग महत्व छन्। विचारमा विभक्त पत्रकारिता एकातिर छ, अर्कातिर ‘भ्युजका आशाले भरिएका सन्दर्भहिन प्रश्नका थाक’सहितको पत्रकारिता।
उसो भए पत्रकारलाई त उदाहरण दिएर नै सोध्न सकिन्छ– के ओली हिटलर भएका हुन् भने तपाई मुसोलोनी बन्न खोजेको हो?
मुसोलोनी पनि एक पत्रकार थिए। सम्पादक थिए।
विचारको पैरवी गर्दा गर्दै उनी दुनियाँका नामुद शासक कसरी भएका थिए? त्यो पनि जान्न जरुरी छ।
बेनिटो अमिल्कारे आन्द्रेआ मुसोलिनी इटालीका एक प्रमुख राजनीतिक नेता थिए, जसले सन् १९२२ देखि १९४३ सम्म इटालीमा अधिनायकवादी शासन चलाए। उनी फासिवादको जन्मदाता मानिन्छन् र दोस्रो विश्वयुद्धका प्रमुख व्यक्तित्वहरूमध्ये एक थिए।
मुसोलिनीको जन्म २९ जुलाई १८८३ मा इटालीको प्रेदाप्पियो भन्ने ठाउँमा भएको थियो। उनका पिता एक समाजवादी थिए, जसको प्रभाव उनीमाथि प्रारम्भिक जीवनमा परेको थियो। शिक्षकमैत्री पारिवारिक पृष्ठभूमिका बाबजुद, उनी युवा अवस्थामा अराजकतावादी विचारधारातर्फ आकर्षित भए।
यो ‘अराजकतावादी’ शव्दलाई ध्यान दिनुहोला। यसको कसी यो टिप्पणीमा जोडिनेछ।
उनले प्रारम्भमा समाजवादी विचारधारा अपनाए र ‘अभन्ती’ नामक पत्रिकाको सम्पादन गर्दै समाजवादी सिद्धान्तहरूको प्रवर्धन गरे। तर, सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएपछि उनी राष्ट्रवादी बने।
पहिलो विश्वयुद्धपछि इटालीमा आर्थिक तथा सामाजिक अस्थिरता बढ्दै गयो। मुसोलिनीले राष्ट्रवादी भावना र सैन्य शक्तिको प्रशंसा गर्दै सन् १९१९ मा “फासियो दी कुम्बात्तिमेन्तो’’ नामक संगठन स्थापना गरे, जसले पछि इटालीको फासिवादी पार्टीको रूप लियो।
सन् १९२२ मा, इटालीको कमजोर सरकारलाई देखेर मुसोलिनीले आफ्ना समर्थकहरूसँग मिलेर “रोम मार्च’’ गरे। दबाबका कारण, राजा भिक्टर इम्यानुएल तृतीयले उनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरे।
प्रधानमन्त्री बनेपछि, मुसोलिनीले लोकतान्त्रिक प्रणालीलाई क्रमशः नष्ट गर्दै एकदलीय तानाशाही शासन स्थापित गरे। उनले प्रेस स्वतन्त्रता खारेज गरे। प्रतिपक्षी नेताहरूलाई दमन गरे, र गुप्तचर संस्था स्थापना गरी विरोधीहरूलाई दण्डित गरे।
सम्झनुहोस् यहाँ उनले प्रेस स्वतन्त्रता खारेज पनि गरे।
अब उनको पतनतिर नजाऔं।
आजको नेपाली मिडिया क्षेत्रमा जसरी क्यामेरा आतंक जसलाई म पत्रकारिताको खोल ओढेर साइबर आतंक भन्छु, त्यता केन्द्रित भएर विषयबस्तुलाई ‘कनेक्ट’ गर्छु।
हालको डिजिटल युगमा, क्यामेराहरू सर्वव्यापी भएका छन्। मोबाइल फोन, सिसिटिभी, ड्रोन, तथा गोप्य क्यामेराहरू जताततै देख्न सकिन्छ। प्रविधिको यो तीव्र विकासले सुरक्षा तथा संचारमा सुधार ल्याएको भए पनि, यसले मानिसको गोपनीयतालाई गम्भीर चुनौतीसमेत दिएको छ।
जब क्यामेराको अनुचित प्रयोग गरिन्छ, तब यो क्यामेरा आतङ्कको रूप लिन्छ। क्यामेरा आतङ्क भन्नाले गोप्य रूपमा मानिसहरूको निगरानी गर्ने, उनीहरूको व्यक्तिगत तस्बिर वा भिडिओ दुरुपयोग गर्ने, तथा समाजमा डरको वातावरण सिर्जना गर्ने अवस्थालाई बुझिन्छ।
प्रविधिको प्रगतिसँगै, क्यामेरा साना, सुलभ, र उच्च गुणस्तरका भएका छन्। अघिल्लो दशकमा मात्र उपलब्ध नभएका प्रविधिहरू अहिले सर्वसुलभ छन्। तर, केही व्यक्तिहरूले क्यामेराको दुरुपयोग गर्दै गोप्य रूपमा अरूलाई खिच्ने, ब्ल्याकमेल गर्ने, साइबर अपराध गर्नेजस्ता कार्य गर्न थालेपछि क्यामेरा आतङ्क एक गम्भीर समस्याको रूपमा देखा परेको छ।
यो समस्या विशेष गरी सार्वजनिक ठाउँ, होटेल, चेंजिङ रुम, तथा कार्यालयहरूमा बढी देखिन्छ। कतिपय आपराधिक समूहहरूले व्यक्तिहरूको निजी क्षणहरू कैद गरेर धम्की दिने, पैसा असुल्ने वा सामाजिक अपमान गराउने काम गर्छन्।
नेपाली समाजमा अहिले यो राजनीतिमा बढी प्रयोग भइरहेका छन्। क्यामेराले दिएको लोकप्रियताको चरमपन्थी दुरुपयोग भैरहेको छ।
एउटा पत्रकार या सम्पादक मुसोलोनी प्रेस स्वतन्त्रता हनन् गर्दै सामाजिक अराजकतावादतिर उन्मुख भयो। यो कालो इतिहासलाई स्मरण गर्दै गर्दा हाम्रा प्रश्नका कसी के हुन्? कुन स्थानमा हुन्? यसमा विचरण आवश्यक छ कि छैन।
५ बर्षअघिसम्म जो अहिले आफूलाई दिग्गज युट्युवका पत्रकार भनेर कोकोहोलो मच्चाइरहेका छन् तिनले अर्काको घरभित्र र परिवारभित्रका दृश्यलाई कति गाम्भिर्यताका साथ लिएका थिए? पत्रकारिताको कुन आचारसंहिताको कसीमा बसेर हुल्दुङ्गा मच्चाएका थिए?
तिनै आज पत्रकार र गोप्य क्यामेरा बोकेर पिसाब फेरेको भिडिओ सार्वजनिक गरी अभियन्ता बन्ने हुल असामान्य छ। तर, यसमा अन्यको गोपनियता र उसको इच्छा प्रश्न हो कि होइन?
पत्रकारितामा सामान्यतया सिक्नुपर्ने के हो भने अन्यको अनुमतिबिना हामीले क्यामेरा तेर्साउन या सोध्न मिल्दैन। यो, प्रेस स्वतन्त्रताको कसीभित्र पर्ने दायित्व हो। जवाफदेही बन्नुपर्छ, यो प्राथमिक आचारसंहिता हो।
हाम्रो पत्रकारिता त स्वर्गीय कमेडियन राजु श्रीवास्तवको व्यङ्ग्य जस्तो भयो।
घाइतेलाई माइक तेर्साएर बक कसरी पड्कियो? भन्दा श्रीवास्तवको व्यङ्ग्य थियो–
बम आयो। अलिकति मुस्कुरायो। अनि सोध्यो– म बम हुँ, तपाईलाई कुनै अप्ठेरो नभए पड्किऔं? हामी त्यो व्यङ्ग्यको कथाभन्दा माथि उठौं।