अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो
काठमाडौं- गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
अहिले राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् । केही दिनदेखि हल्दी मेहेन्दी समारोह चलिरहेको थियो । उनीहरु हल्दी मेहेन्दी समारोहमा रमाइरहेका भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
गत असारमा उनीहरुले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्