एनआइसी एशिया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभामा बैंकका सेयरधनी, सञ्चालक समिति सदस्य तथा उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १७:१०
प्रतिक्रिया दिनुहोस्