एमाले मोरङ अधिवेशनबाट हुँदैछ विद्या भण्डारी गुटको उदय, प्रारम्भिक परिणाममा यस्तो नतिजा
काठमाडौं– नेकपा एमालेको मोरङमा भएको अधिवेशनको जारी मतगणनामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरका अजम्बर राईले प्राथमिक अग्रता कायम राखेका छन्।
उनीसँगै प्यानल नै अगाडि रहेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली गुट नै पछाडि रहेको छ।
पछिल्लो परिणाम अनुसार एमाले मोरङको ८८८ मध्ये १८८ मत गन्दाको अध्यक्षमा राई अजमबर राई–९८, राजकुमार ओझा–८४ मतमा छन्।
यसैगरी उपाध्यक्ष्मा सागर थापा–९८, शान्ति लिम्बू –७७ परिणाममा छन्। सचिवमा सोमराज थापा –९६ र रबिन थापा –७८ मतमा छन्।
उप–सचिवमा सन्तोष बान्तावा –१०५, ईजालाल राजवंशी –६८, उषा झा–९३, शिल्पा कार्की –८२ मतमा छन्।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्