Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाज र विज्ञान पछाडि फर्किँदैन : गृहमन्त्री लेखक

बिहीबार, फागुन २२, २०८१

डडेलधुरा- गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफिर्किने बताएका छन् ।

बिहीवार डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए। “देशमा गणतन्त्र आइसकेको छ,केही साथीहरूले राजतन्त्र पुनस्थापना कुरा गरिरहनुभएको छ ।” गृहमन्त्री लेखकले भने , “लोकतान्त्रिक व्यवस्थामा  अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन।

निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडि होइन अगाडी बढ्ने हो ।” त्यसैगरी, “समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताए ।

संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे।” जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे । 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्