६ देशका गैरआवासीय राजदूतले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाण पत्र
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरूमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ २०:२२
प्रतिक्रिया दिनुहोस्