Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पले एक महिनाका लागि मेक्सिकोमाथि लगाएको आयातकर गरे स्थगित

शुक्रबार, फागुन २३, २०८१
samridhi jewllers

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन सामानमाथि लगाएको ट्यारिफ, अप्रिल २ सम्मका लागि स्थगित गरेका छन् । उनले एक महिना छुट दिएको र आगामी महिना युएसएमसीए व्यापार सम्झौता अनुसार काम हुने जानकारी दिएका छन् । 

अमेरिकाले यो हप्ताको सुरुवातमा आफ्नो उत्तरी छिमेकीमाथि २५ प्रतिशत आयातकर लगाष्गू गरेको थियो । जुन अब एक महिनाका लागि टरेको छ । एक सरकारी सुत्रको हवाला दिँदै बीबीसीले क्यानाडाले समेत मेक्सिकोलाई दिएको छुट पाउने आशा राखिरहेको छ । 

क्यानेडेली प्रधानमन्त्री जस्टिन टुडोले ट्रम्पसँग हालै भएको वार्ता रोमान्चक रहेपनि  भविष्यमा व्यापार युद्ध जारी रहने बताएका थिए । त्यसपछि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ट्रुडोलाई ‘मूर्ख’ भनेका थिए भने ट्यारिफ थप बढाउने चेतावनी समेत दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्