Nic Ad Nic Ad
Nic Ad Nic Ad

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबार, फागुन २३, २०८१

काठमाडौ  - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ०९ पैसा र बिक्रीदर १३९ रुपियाँ ६९ पैसा कायम भएको छ।

samridhi jewllers

युरोपियन युरो एकको खरिदर १५० रुपियाँ ०२ पैसा र बिक्रीदर १५० रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ ०४ पैसा र बिक्रीदर १७९ रुपियाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ ९० पैसा र बिक्रीदर १५७ रुपियाँ ५७ पैसा कायम गरिएको छ।


अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ८३ पैसा र बिक्रीदर ९७ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३२ पैसा र बिक्रीदर १०४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १६ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा कायम भएको छ।


केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८७ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७७ पैसा र बिक्रीदर १३ रुपियाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ११ पैसा र बिक्रीदर २० रुपियाँ २० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ९० पैसा र बिक्रीदर १७ रुपियाँ ९७ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७० रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपियाँ ८४ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्