एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि
मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।
४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।
अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदैछन्।
उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले २२८ मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले १८२ मत ल्याएकी छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ ०६:५६
प्रतिक्रिया दिनुहोस्