नेभिगेशन
समाज विविध

गौशाला धर्मशालाबारे उच्चको आदेशप्रति पूर्वमन्त्री किराँती रुष्टः फेरि कसले कति करोड घिच्यो नि!

काठमाडौं– पशुपति विकास कोष र काठमाडौं महानगरबीच पशुपति धर्मशाला सञ्चालनको सम्झौताविपरित उच्च अदालत पाटनले दिएको आदेशप्रति पूर्वपर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँती रुष्ट बनेका छन्। 

उच्च अदालत पाटनले महानगरसँगको सम्झौता खारेज हुनेगरी माडवारी सेवा समितिलाई नै धर्मशाला चलाउनका लागि बाटो खुल्ने आदेशप्रति किराँती रिसाएका हुन्। 

उनी लेख्छन्,‘हे ! पशुपतिनाथ तिम्रो मुखेन्जी फेरि कसले कति करोड घिच्यो नि? यो संसारको कुनै पनि कोर्टमा हार्ने मुद्दा होइन। भगवानलाई पनि मिलिमिली लुटी राख्नु भएको छ।  छिटो लुट्नुहोस् अब यस्तो समय धेरै दिन नरहन सक्छ।’

किराँतीले सम्झौताबारे उल्लेख गरी लेखेका छन्,‘२०८० साउन १७ मा सम्झौता भंग गरिएको थियो। त्यसविरुद्ध समितिले जिल्ला अदालतमा मुद्दा गरेको थियो।  जिल्ला अदालतले १६ असोज २०८१ मा मारवाडी समितिको माग दाबी नपुग्ने फैसला गरेको थियो। अहिले उल्टो फैसला गर्ने उच्च अदालत र श्रीमानलाई बधाई छ साथै पशुपतिनाथ र पशुपतिनाथको गोठालोप्रति दुःख व्यक्त गर्दछु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध