ज्यानमारा ट्रिपर तीन जनाको मृत्यु गराउँदै कसरी टहरामा खस्यो? फिल्डमा उत्रिए डीएसपी खनाल
काठमाडौं– सवारी साधनमा ट्रिपरलाई ज्यानमारा भनेर परिचित गराइन्छ। काठमाडौंको साँखुमा यो ट्रिपर तीन जनाको ज्यान लिनेगरी कसरी खस्यो?
यस विषयमा विस्तृत जानकारी अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालाका नायव उपरिक्षक (डीएसपी) सुकदेव खनालसहितको टोली पनि परिचालन भएको छ।
खनालले भने,‘फिल्डमा पुगेर घटनाबारे विस्तृत अध्ययन हुनेछ। रातको समयमा यस्तो दुर्घटना हुनुको कारण पहिल्याइनेछ।’
काठमाडौंको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।
बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौंको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो।
सो टहरोमा ६१ जना बस्दै आएका छन्। टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए।