Nic Ad Nic Ad
Nic Ad Nic Ad

डिक्टेटर प्रचण्डले माओेवादीका नाममा नेपालमा ‘देङ जिआओ पिङ’को घाँटी थिचिरहे

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं– चीनमा आर्थिक क्रान्तिको खाका कोरेको भनी माओ जे दोङको गीत गाए पनि असलमा यसको यथार्थ फरक रहेको इतिहासमा पाइन्छ। 

samridhi jewllers

राजनीतिक परिवर्तनपछि आर्थिक उन्नतीका हिसाबमा माओ असफल नेतृत्व बनेका थिए। माओको कार्यकालमा चीन आर्थिक क्रान्तिको बाटोमा अगाडि बढ्नुको साटो पतनतिर लम्किएका कयन उदाहरण छन्।

डिक्टेटरका रुपमा उदाएका माओले धानवाली नफस्टिँदा त्यसको कारण खोज्नुको साटो चराहरु मार्न लगाए। जबकि, पछि थाहा भयो कि ति चराहरूले धानवालीमा फैलिएका किरा मार्दा रहेछन् तर माओ उल्टो बाटो चलेका थिए। 

यो आर्थिक क्रान्तिको सूक्ष्म अध्ययन माओपछि नेतृत्वमा उदय भएका देङ जिआओ पिङले पत्ता लगाएका थिए। 

उनको कार्यकालमा नै चीनले आर्थिक क्रान्तिको फड्को मारेर चालीस बर्षमा विश्वमा अमेरिकाको एकछत्र आर्थिक साम्राज्यवादी कित्तालाई समानान्तर बनाएका कयन उदाहरण छन्। 

माओले निरङ्कुशता लादेर केन्द्रिकृत गरेको अर्थ व्यवस्थालाई पिङले खुकुलो र कृषकका आधारमा पारेका कारण चीन अगाडि बढेको थियो। 

नेपालमा माओवादीको उदयलाई पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका आधारमा मात्र हेर्न नमिल्ने कतिपय विश्लेषक बताउँछन्।

प्रचण्ड आफूलाई माओको स्थानमा राख्न पछि समेत परेका थिएनन्। त्यसको उदाहरण पनि छ। उनले पिङको हिसाबमा उदाउन खोजेका तत्कालिन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको पनि ‘घाँटी थिचिरहे’। 

वैचारिक व्यवस्थाका विषयमा भट्टराईका जे जस्ता अभिव्यक्ति भए पनि विकासका शिलशिलामा उनको पहिलो अर्थमन्त्रीको कार्यकाल उपलब्धी मात्र होइन, आशा जनक थियो। तर आफू नासिने डरले माओले देङ जिआओ पिङलाई कर्नरमा राखे जस्तो सँधैभरी किनारामा भट्टराईलाई ठेलेका प्रचण्डले उठ्न दिएनन्। बरु, उठ्छ भन्ने हेतुले पहिलो संविधान सभा भङ्ग गरी दुर्नाम प्रधानमन्त्री कहलिन बाध्य पारेका थिए। 

अहिले देङ जिआओ पिङ भएर उदाउन खोजेका जनार्दन शर्मा या बर्षमान पुनलाई उनले उत्तराधिकारी घोषणा गर्ने काम पनि गरेका छैनन्। बरु, विद्यार्थीको एउटा कार्यक्रममा उनले खुलेर भनेका थिए,‘म माओ जस्तो उत्तराधिकारी घोषणा गर्दिन। लिन प्याओलाई उत्तराधिकारी घोषणा गरेका माओविरुद्ध उनी लागिरहे।’

प्रचण्ड अहिले तराई मधेस अभियानका क्रममा रहेका छन्। उनी कोशी प्रदेशमा पुग्दा कांग्रेस र एमालेको विकल्प माओवादी रहेको बताइरहेका थिए भने तराई मधेसका कार्यक्रममा भनिरहेका थिए,‘नातावादी र सत्तामा केन्द्रित भएर मधेसवादी दल स्वार्थलिप्त भए अब मधेसको नेतृत्व माओवादीले गर्छ।’

तर स्मरणीय छ, गणतन्त्र घोषणाको १६ बर्षसम्म आफैं तीन पटक प्रधानमन्त्री बनेका प्रचण्ड अनेक बार सत्तामा छन् भने डा. भट्टराईलाई एक पटक बाध्यात्मक अवस्थामा प्रधानमन्त्री बनाउन पुगे। तर, भट्टराई सफल हुने छाँट देखेपछि पहिलो संविधान सभा तुहाइदिए। 

डिक्टेटर बन्नका निम्ति उनले कहिले एमालेसँग पार्टी एकीकरणको नौटङ्की गरेका थिए भने कहिले कांग्रेसलगायतसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए। 

यहाँसम्मकी सत्ता आफू र आत्मकेन्द्रित बनाउनका लागि अहिलेको सरकारको बिरोधमा भारतीय कट्टरवादी पत्रिका दी हिन्दूमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चीन कार्ड खेलिरहेको’ भन्ने अन्तरवार्ता समेत दिए। 

जबकि माओवादी शान्ति प्रक्रियामा आइसकेपछि आजतकको सिधी बतामा उनले भनेका थिए,‘हामी चीनसँग नजिक होइन, भारतसँग नजिक हो। २४ बर्ष त मैले भारतमा बसेर यहाँको राजनीतिक दलको इच्छाका आधारमा नेपालमा युद्ध गरेको हो।’
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्