साँखुमा ट्रिपर बस्तीमा छिर्दा तीन जनाको मृत्युः चालकले दिए यस्तो सनसनी बयान
काठमाडौं– शंखरापुर नगरपालिका–६ साँखुमा शुक्रबार बिहान ट्रिपर आश्रय स्थलमा छिर्दा किचेर तीन जनाको मृत्यु भएको प्रकरणमा चालकले सनसनी बयान दिएका छन्।
काठमाडौंको शंकरापुर नगरपालिका–६ साँखुको सलम्बुटारमा युवराज थापाले द्वन्द्वपीडित तथा शारीरिक अपांगता भएकाहरूका लागि आश्रयस्थल सञ्चालन गरेका छन्।
२०६२ सालदेखि सञ्चालित उक्त आश्रयस्थलमा ६१ जना बस्दै आएका छन्। १० जना रहेको टहरामा ट्रिपर छिरेको थियो। टिपर टहराभित्र छिरेपछि सडकतर्फ सुतिरहेका तीन जनाको मृत्यु भयो।
बिजुलीको पोलमा ठोक्किएपछि त्यहाँ ठूलो आवाज आएको थियो। ठूलो आवाजले ब्युझिएका अरू टहरा र वरपरका घरका मानिसहरुले उठेर हेर्दा टिपर टहराभित्र छिरिसकेको थियो।
त्यहाँ बिहान साढे ४ बजे चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको थियो। मृत्यु हुनेहरू तीनै जना २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन बोल्न नसक्ने अवस्थाका शारीरिक अपांगता भएकाहरू हुन्।
बा२क ६५८० नम्बरको टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीले प्रहरी नियन्त्रणमा आफू निदाएको बयान दिएका छन्। बाटो भिरालो भएको र आफू निदाएका कारण दुर्घटना भएको बयान दिइएको प्रहरीले जनायो।