फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पछाडि नदौडन आग्रह गरेका छन् ।
अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको पोखरेलको प्रष्टोक्ति छ ।
फेसबुकमा उनले लेखेका छन्, ‘जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’
पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उनले लेखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्