Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सांसदको प्रस्ताव- ०४६ सालदेखि अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं- नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले बहुदलयताका सबै राज्यका माथिल्लो अहोदामा पुगेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

samridhi jewllers

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले सो प्रस्ताव राखेका हुन् ।

सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

‘मुलुकको सबै व्यवस्था परिवर्तनका लागि मूख्य भूमिका खेलेका र योगदान भएका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर वर्तमान सरकार बनेको छ । नागरिकको आधारभूत आवश्यक्ताको सहज परिपूर्ती गर्ने वर्तमान सरकारको प्राथमिकता हो । तर,निहीत स्वार्थ बोकेका तत्वले छरपष्ट रुपमा विभिन्न विषय राखेका छन् । ती राष्ट्रिय हितमा छैन् । ०४६ सालयताका सबै काण्डको छानबिन गर्ने कुरा उठेको छ । मेरो आग्रह छ । राजनीतिक, सामाजिक र समग्रमा सबै तीनै तहका जनप्रतिनिधिहरुको जन्मदेखिको आजसम्मको सबै सामाजिक परिक्षण गर्न र सार्वजनिक गर्न आग्रह गर्दछु’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्