नेभिगेशन
राजनीति

सडक खाली गराएर जनतालाई दुख दिएपछि सुर्खेतमा प्रधानमन्त्री ओलीविरुद्ध हर्न बजाएर बिरोध

काठमाडौं– कर्णाली राजधानी सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वसाधारणले हर्न बजाएर बिरोध जनाएका छन्। 

एमाले अध्यक्ष पनि रहेका ओली सुर्खेत पुग्दा सडक खाली गराएर जनतालाई दुःख दिने काम गरेको भन्दै हर्न बजाएर विरोध गरिएको थियो। 

शुक्रबार ओली जाँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो। करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएपछि बिरोध जनाइएको बताइएको छ। 

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति