नेभिगेशन
राजनीति

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

डोटी– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

शनिबार डोटीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन।’

लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए। उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौतीसमेत दिए।

उनले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको पनि बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति