नेभिगेशन
राजनीति

ज्ञानेन्द्रको आकस्मिक सक्रियताबारे राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको ‘शितल छलफल’

काठमाडौं– राजनीतिमा नयाँ छालका रुपमा आकस्मिक हिसाबले राजावादीको बलियो चहलपहल र ज्ञानेन्द्र शाहको सक्रियताले हलचल ल्याएको छ। 

उता माओवादी केन्द्रले तराई मधेस जागरण अभियान स्थगित गरी पदाधिकारी बैठक डाकेर गणतन्त्रवादी कित्ताका दलसँग संयुक्त छलफलको तयारी गरिरहेका बेला यता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार शितल निवासमा भेट गरेका छन्। 

‘शितल छलफल’ मानिएको पौडेल–ओली भेटबारे अहिले भैरहेको राजनीतिक, अराजनीतिक गतिविधिका विषयमा लामो संवाद भएको राष्ट्रपति पौडेलनिकट उच्च स्रोतले क्यानडानेपाललाई बताएको छ। 

एकातिर स्वतन्त्र स्थानीय सरकारका प्रमुखहरुको बढ्दो सक्रियता र लोकप्रियता, अर्कातिर राजावादी अभियानकारी र स्वयम् ज्ञानेन्द्रको सक्रिय भूमिकासहित राप्रपाको गतिविधिबारे छलफल भएको स्रोतले जनाएको हो। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई सर्वदलीय बैठक बोलाउनका लागि सुझाव दिएको पनि बताइएको छ। स्रोतले भन्यो,‘राजनीतिमा असोचनिय सक्रियता सुरु भएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति