Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुदै

आइतबार, फागुन २५, २०८१

बुटवल - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ ।

samridhi jewllers

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् ।

पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् । 

आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन् । 

पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्