Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाहको तस्बिर राख्दै ज्योतिषीसमेत रहेका कलाकार हरिहर अधिकारी त यस्तो लेख्छन्!

सुरक्षाको नाममा सेना समेत खटाइयो
आइतबार, फागुन २५, २०८१

काठमाडौं– पोखरा विमानस्थलबाट काठमाडौंका लागि तीन बजेर उड्न लागेका ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी शक्तिले विशाल तयारी गरेका छन्। 

samridhi jewllers

यस्ता चर्चा परिचर्चा गरिएको छ कि गणतन्त्र ढल्ने र राजसंस्था फर्किने अवस्था आइसक्यो। अभियानहरु पनि चलिरहेका छन्। 

शाह देशाटनका निम्ति साबिकको मध्यपश्चिम र पश्चिमाञ्चल तथा हालको गण्डकी प्रदेशमा थिए। 

यहि चर्चा परिचर्चाबीच ख्याती कमाएका युवा ज्योतिषी तथा कलाकार हरिहर अधिकारीले शाहको तस्बिर राखेर यात्राको सन्दर्भ जोड्दै केही संकेत गरेका छन्। 

अधिकारी लेख्छन्,‘ज्योतिषी भएकै कारणले गर्दा मैले देखेको कुरामा यो सानो मार्गदर्शन मात्र।’

उनी अगाडि जोड्छन्,‘ज्योतिषशास्त्रको सामान्य साईत हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो? राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र?’

उनले फेरि एक कदम अगाडि बढेर लेखेका छन्,‘हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्।’ 

अधिकारीले यस्तो यात्रालाई ज्योतिष शास्त्रमा शुभ संकेत नमानेको ठहरसहित जोडेका छन्,‘हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै? शास्त्र र साईत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ। त्यसैले सबैजनाले साईत हेर्ने बानी बसालौँ। यात्रा गर्नै परे दही खाएर गर्दा राम्रो।’

उनको स्ट्याटस

यसैबीच, राजावादी अभियान र पार्टी राप्रपाले लाखौंका मानिसबीच ज्ञानेन्द्र शाहको स्वागत गर्ने भएपछि राज्यले सेना सहितका सुरक्षा निकाय परिचालनको निर्णय लिएको छ।  

शाहको सुरक्षाका निम्ति भनिए पनि राजावादीले गर्ने प्रदर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी खटाउने निर्णय गरेको हो। 

यसअघि राजनीतिमा नयाँ छालका रुपमा आकस्मिक हिसाबले राजावादीको बलियो चहलपहल र ज्ञानेन्द्र शाहको सक्रियताले हलचल ल्याएपछि सरकार पनि अहिले अत्तालिएको जस्तो देखिन्छ। 

उता माओवादी केन्द्रले तराई मधेस जागरण अभियान स्थगित गरी पदाधिकारी बैठक डाकेर गणतन्त्रवादी कित्ताका दलसँग संयुक्त छलफलको तयारी गरिरहेका बेला यता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार शितल निवासमा भेट गरेका थिए। 

‘शितल छलफल’ मानिएको पौडेल–ओली भेटबारे अहिले भैरहेको राजनीतिक, अराजनीतिक गतिविधिका विषयमा लामो संवाद भएको राष्ट्रपति पौडेलनिकट उच्च स्रोतले क्यानडानेपाललाई बताएको थियो। 

एकातिर स्वतन्त्र स्थानीय सरकारका प्रमुखहरुको बढ्दो सक्रियता र लोकप्रियता, अर्कातिर राजावादी अभियानकारी र स्वयम् ज्ञानेन्द्रको सक्रिय भूमिकासहित राप्रपाको गतिविधिबारे छलफल भएको स्रोतले जनाएको हो। 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्