Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानबहादुर शाहीको सबैलाई सूचनाः ज्ञानेन्द्र शाहलाई स्वागत गर्न लिङ्देन विमानस्थल पुग्नेछन्

आइतबार, फागुन २५, २०८१

काठमाडौं– राप्रपाका प्रमुख सचेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने सूचना दिएका छन्। 

samridhi jewllers

पोखराबाट आइतबार काठमाडौं आउन लागेका ज्ञानेन्द्र शाहको स्वागतका निम्ति लिङ्देन विमानस्थल नजाने समाचार आइरहेका बेला शाहीले यस्तो जानकारी दिएका हुन्। 

यसअघि विभिन्न सञ्चारमाध्यममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जुलुसमा सहभागी नहुने समाचार आएको थियो । 

यसअघि अभिनेत्री मनिषा कोइरालाले पनि सबैलाई स्वागतका निम्ति अपिल गरेकी थिइन्। 

नेपाली प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको वीपी कोइराला परिवारकी ख्यातीप्राप्त अभिनेत्री कोइरालाले ज्ञानेन्द्र शाहको स्वागतका निम्ति अपिल जारी गरेकी थिइन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आइतबार पोखराबाट काठमाडौं आउन लागेका शाहको स्वागतका निम्ति अपिल जारी गरेकी थिइन्।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्