Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाहलाई धेरै नहौसिन गृहमन्त्री लेखकको चेतावनी

आइतबार, फागुन २५, २०८१

सुर्खेत - गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै अन्तिम राजा ज्ञानेन्द्र शाहलाई धेरै नहौसिन आग्रह गरेका छन् । उनले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिरहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका छन् ।

samridhi jewllers

आज (आइतबार) सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताए ।

‘केही मानिसहरूले र अन्तिम राजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’ उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए । ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ’यो लोकतन्त्रको सुन्दरता हो ।’

उनले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए । ‘नेपालको लोकतन्त्र यति संयमित, उदार, परिस्कृत र सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराख्नु भएको छ,’ उनले भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस् ।’

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्