नेभिगेशन
राजनीति

बिना मगरलाई कर्नरमा राखेका प्रचण्डका छोरीहरू ‘माइली बुहारी’सित रमाउँदैछन्

काठमाडौं– पारिवारिक हिसाबमा सृजना त्रिपाठीलाई कर्नरमा राख्नका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी बुहारी तथा पूर्वमन्त्री बिना मगर जसरी सफल भएकी थिइन्, त्यसरी नै अहिले फेरि फरक परिदृश्य बन्न थालेको छ।

प्रचण्डपत्नी सीता दाहालको देहान्तसँगै त्यस परिवारमा सृजनाको उदय गज्जबले भैरहेको छ भने बिना मगर कर्नरमा पारिन थालिएकी छन्। उनलाई पार्टीको जिम्मेवारीका हिसाबमा कञ्चनपुरतिर लखेटेपछि प्रचण्डकी मेयर छोरी रेणु दाहाल र स्वकीय सचिव छोरी गंगा दाहालले सृजनालाई परिवारमा ‘स्पेश’ बलियो बनाउन थालेका छन्।

केही समयअघि त्रिपाठी भरतपुर महानगरपालिका पुगेकी थिइन्। गंगा र रेणुसँग उनको सन्निकटताको एउटा प्रमाणचाहिँ सामाजिक सञ्जालमा देखिएका दृश्य पनि हुन्। 

प्रकाश दाहालको निधनपछि पनि खुमलटारमा बलियो बनेकी बिना मगर भने सीता दाहालको निधनपछि कर्नरमा पारिएकी छन्। प्रचण्ड परिवारलाई बुझ्नेहरुका अनुसार बिना प्रकाशकी रोजाई मात्र नभएर सीताकी पनि प्रिय बुहारी थिइन्। 

यसकारण खुमलटारमा सृजनाका लागि कुनै स्पेश नहुँदा माइतिघर कास्कीतिर नै उनी व्यस्त हुन्थिन्। जब पार्टीका कामका शिलशिलामा बिना धेरै जिल्लामा खटिनुपर्ने भयो सृजनाको इन्ट्रि खुमलटारमा भएको मानिन्छ। 

अहिले प्रचण्डलाई रेणु र गंगाले नै राजनीतिक रुपमा सहयोग गरिरहेको बताइन्छ। सृजना प्रचण्ड परिवारकी माइली बुहारी हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति