Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाहको गतिविधिप्रति राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

आइतबार, फागुन २५, २०८१

काठमाडौं- सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

samridhi jewllers

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिन्छन् । ‘केही समय यता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ’, उनले भने ।

तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्