Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरियामा फेरि भड्कियो हिंसा, हजारभन्दा धेरैको मृत्यु

आइतबार, फागुन २५, २०८१

काठमाडौं- सिरियाको लटाकिया र टार्टसमा केही दिनदेखि सेना र पूर्व राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीच झडप भइरहेको छ। पछिल्ला दुई दिनमा मात्रै  एक हजारभन्दा बढी मानिस मारिएका छन् ।

samridhi jewllers

यो मृत्यु संख्यालाई सन् २०११ मा सुरू भएको सिरियाली गृहयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति मानिएको युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

संस्थाका अनुसार, पछिल्ला दुई दिनमा सुरक्षाकर्मीहरूले अलावी मुस्लिम समुदायका ७४५ भन्दा बढी व्यक्तिहरूको हत्या गरेका छन्, जसमा अधिकांशलाई झुन्ड्याएर मारिएको छ।

त्यसैगरी, असद समर्थक १४८ लडाकू मारिएका छन् भने झडपमा सुरक्षाकर्मीका १२५ जवानको पनि मृत्यु भएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्