नेभिगेशन
राजनीति

ज्ञानेन्द्रको स्वागत गर्ने भिडमा देखिएको योगी आदीत्यनाथको तस्बिरको अर्थ

काठमाडौं– विश्व हिन्दू सम्मेलनका क्रममा नेपालमा आएर राजाको सान्दर्भिकता र आवश्यकका बारेमा प्रवचन दिएका भाजपाका विश्वासिलो नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथको तस्बिरसहितको तुल ज्ञानेन्द्र शाहको स्वागतका निम्ति विमानस्थलतिर लम्किएको भिडमा देखिएको छ।

एकातिर ज्ञानेन्द्र शाहको तस्बिर र अर्कातिर योगी आदीत्यनाथको पनि राखिएको छ। यो केही विवादस्पद हुने प्रकृतिले चर्चा चलिरहेको छ भने कतिपयले ज्ञानेन्द्रप्रति मात्र नभई नेपाललाई हिन्दू सनातन कायम राख्नुपर्छ भन्ने योगी रहेका कारण राखिएको भनी टिप्पणी भैरहेका छन्।

योगी आदीत्यनाथ ति नेता हुन् जसले ज्ञानेन्द्रलाई उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बोलाएर सम्मान गर्दै आइरहेका छन् भने हिन्दूको अवतार नेपालको शाहवंशीय राजा मात्र रहेको पनि बताउँदै आएका हुन्छन्। 

उनी मुख्यमन्त्री हुनुअघि भारतको लोक सभा सदस्य रहँदा विश्व हिन्दू सम्मेलनका क्रममा नेपालमा वक्ताका रुपमा आएर ज्ञानेन्द्रको सान्दर्भिकताका सन्दर्भमा प्रवचन दिनेमा पर्छन्। एक दशकअघि नै उनले नेपालमा राजसंस्था कायम गरिनुपर्ने बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति