अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
काठमाडौं- अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।
२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप तीन जनाको डिपोर्ट भएको अध्यागमनको रिपोर्ट मा उल्लेख छ ।
मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताएका छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैरकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् ।२२ फागुनमा मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाडौं फिर्ता गरिएको थियो । नेपाल प्रहरीको मानव बेचबखिन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो ७ वर्षको अवधिमा अमेरिकाबाट २६५ जना फर्काइएका छन् । फर्काइनेमा २५५ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन् ।