Nic Ad Nic Ad
Nic Ad Nic Ad

३५ बर्षियालाई गोकर्णमा मारिदिए अनि बागमतीमा फालिदिए, घटना के हो? 

आइतबार, फागुन २५, २०८१

काठमाडौं– बागमतीमा बोरामा प्याक गरी महिलाको हत्या गरिएको शव प्रहरीले पत्ता लगाएर निकालेको छ। शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोछ। 

samridhi jewllers

३५ बर्षिया महिलाको सनाखत त हुन सकेको छैन। तर शंकास्पद आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

पक्राउ गरिएकामामा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन्।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो। शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन्। 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्