Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकामा बढ्यो प्रदुषण

आइतबार, फागुन २५, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ विश्वकै प्रदुषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।

samridhi jewllers

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको छैटौं प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो । यो समाचार तयार गरुन्जेल काठमाडौँको वायु प्रदूषण १५८ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ । हनोईको प्रदुषण २०५ एक्युआई पुगेको छ ।  त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ । त्यसैगरी इरानको तेहरान चौथो तथा  बङ्गलादेशको ढाका पाँचौं रहेको छ । अहिले काठमाडौँको प्रदुषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्