Nic Ad Nic Ad
Nic Ad Nic Ad

BREAKING : अन्तिम राजाको स्वागतमा सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना 

आइतबार, फागुन २५, २०८१

काठमाडौ - अन्तिम राजा  ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्याण्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। 

samridhi jewllers

अन्तिम राजा ज्ञानेन्द्र पोखराबाट फर्कदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपा लगायत दलको सहभागीतामा स्वागत  र्‍याली गरिएको थियो। 

महानगरद्वारा राप्रपा कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ —प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।

IMG-20250309-WA0032-1741533689.jpg
 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्