Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार देशीय सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै

सोमबार, फागुन २६, २०८१

काठमाडौँ - नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दै छ ।

samridhi jewllers

नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।     
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्