Nic Ad Nic Ad
Nic Ad Nic Ad

बस नपठाई पैसा नदिई यतिको भिड जम्मा पार्न काग्रेस एमालेलाई लिङ्देनको चुनैती

सोमबार, फागुन २६, २०८१

काठमाडौ -अन्तिम राजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा देखीएकाे भिडको अहिले चर्चा परिचर्चा सुरु भएको छ।

samridhi jewllers

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बस नपठाई पैसा नदिई आइतबार राजाबादीले आयोजना गरेको अन्तिम राजा शाहको स्वागत कार्यक्रममा जस्तै  भिड जम्मा पार्न काग्रेस एमालेलाई लिङ्देनले चुनौती दिएका छन् ।

बिमानस्थलमा अन्तिम राजा शाहको भिड देखेर राजा आए भन्ने पत्रकार राजेन्द्र बानियाको प्रश्नमा लिङ्देनले यस्तो चुनौती दिएका हुन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई अभिभावकीय भूमिका दिएर नवीन समझदारी गर्न कांग्रेस र कम्युनिष्टलाई आग्रह गरेका छन् ।

अर्को प्रसङ्गमा अध्यक्ष लिङदेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, सिंगो देश एउटा निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक संसद र सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थामा जानुपर्ने धारणा राखे ।

‘देश यही अवस्थामा रहन्न, विश्व भुराजनीतिक अवस्था मध्यनजर गरेर नेपालमा राजादेखि माओवादी अटाउने नवीन समझदारी गरेर जाऔं,’ लिङदेनले भने, ‘शासन गर्ने होइन, खराब र गलत गर्न नदिने अभिभावकीय भूमिकामा राजा राखौं र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जाऔं, प्रधानमन्त्रीको कार्यकाल २ पटक मात्र बनाऔं ।’

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्