Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्याक्टर दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सोमबार, फागुन २६, २०८१

बाजुरा - बाजुरामा ट्याक्टर दुर्घटना बुबाको मृत्यु भएको छ भने बालक छोरा घाइते भएका छन् ।

samridhi jewllers

आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो ।

रावतको ट्याक्टरको ट्रलीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्