Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

सोमबार, फागुन २६, २०८१

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति नगर्न आग्रह गरेका छन् । भूकम्पले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताएका छन् । भूकम्पीय  पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । 

samridhi jewllers

गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुन स्थापना प्राधिकरण,  प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुन निर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए । 

मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्बोधन गर्ने बताए । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको भनाई छ । 

पुन निर्माण, पुन स्थापनका लागी सरकार गम्भीर भएर लागेको बताए । आवश्यक बजेट व्यवस्थापन गरी विस्तृत क्षति आकलन (डिडिए) को प्रतिवेदन जतिसक्दो प्रतिवेदन छिटो आएपछि सरकारले बजेट व्यवस्थापन गरी पुन निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता गरे ।  

पुन निर्माणको काम छिटोछरितो गरी भूकम्प प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पोखे अबका दिन पाउन नदिने गरी सरकार लागी परेको छ । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरण कोषलाई बलियो बनाउनु आग्रह गरे । 

गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनि, बाँकी समय अस्थायी टहरामा जीवन निर्वाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरी जाजरकोट र रुकुम पश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो । 

सानी भेरी गाउँपालिकाका अध्यक्ष बर्खबहादुर बिष्ट भूकम्प गएको लामो समयपछि पुन निर्माण तथा पुन स्थापना अन्तर्गत विस्तृत क्षति आकलन (डिडिए) काम शुरु भएकोमा खुसी व्यक्त गर्दै आवासविहिन जनताका आवास बन्ने आसा पलाएको बताए । 

करिव १६ महिनापछि पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय भेरी नगरपालिका–१ रिम्नामा उद्घाटन गरेका छन् । सरकारले जनताका आवास निर्माण गर्न लागेको डिडिएको कार्यले घर निर्माण हुन्छन् भन्नेमा आसा जगाएको छ । नेपाली काँग्रेस जाजरकोटका सभापति प्रदेश सभा सदस्य बेदराज सिंहले भूकम्पअघि एउटै घरमा बसेका परिवार अस्थायी टहरामा बस्नु परेपछि बढी लाभग्राही देखिएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणका भिष्मकुमार भुसालका अनुसार विस्तृत क्षति आकलन (डिडिए) भूकम्पले क्षति गरेका घरको डिडिए हुने बताए । पुन निर्माण तथा पुन स्थापनाका लागी खटिएका प्राविधिकलाई तालिम दिई लाभग्राहीको घरमा पठाएको बताए । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित गाउँवस्तीमा नागरिक खुसी भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्