Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सोमबार, फागुन २६, २०८१

सुदूरपश्चिम- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।

samridhi jewllers

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।”

काँग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्